ला लिगामा रियल म्याड्रिडको विजयी शुरुवात

काठमाडौं, भदौ ७ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । शनिबार राति भएको खेलमा इस्पानियोलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकाल्दै म्याड्रिडले लिगमा सुखद शुरुवात गरेको हो ।
आरसीडीइ स्टेडियममा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन जुड बेल्लिन्घाम र कार्लोस इस्पीले समान एक/एक गोल गरे । इस्पानियोलको लागि एलेक्स कालाट्राभाले एक गोल फर्काए । खेलको नवौं मिनेटमा गुलेरको क्रसमा बेल्लिन्घामले हेडर गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
३० औँ मिनेटमा जाभी हेर्नान्डेजको पासमा कालाट्राभाले गोल गर्दै इस्पनियोललाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा इस्पीले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको जित दिलाएका हुन् । जितसँगै म्याड्रिडले तीन अंक जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न









