३५ दिनमा सकियो ‘तिरिमिरी झ्याइँ’को छायांकन, बराहक्षेत्रमा खिचियो अन्तिम दृश्य

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि चलचित्रको सम्पूर्ण छायांकन सकिएको हो।
सोमबार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा चलचित्रको अन्तिम दृश्य खिचिएको निर्माण पक्षले जनाएको छ। निर्माता बोगटीले छायांकन सकिएसँगै अब चलचित्रको सम्पादनको काम सुरु गरिने जानकारी दिए। चलचित्र यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी रहेको उनले बताए।
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको चलचित्र पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ। चलचित्रले समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन्। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा रहेका छन्।
विशाल कक्षपतिको छायांकन रहेको चलचित्रमा अभिषेक कार्कीले संगीत दिएका छन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन्।
चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी तथा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन रहनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक









