एसिसी प्रिमियर कप: नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौं, १५ भदौ । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।
जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुई वटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्त्वपूर्ण हुनेछन् । नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउँछन् ।
उनले भने, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यस पटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छ ।”
नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।
एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:२३‘कबड्डी ५’ को टिजर सार्वजनिक » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार २०:२६राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने









