धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

धादिङ, १७ भदौ । धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख ५५ हजार ५५५ सहयोग गरेको छ।
पेट्रोल पम्पका प्रोप्राइटर पार्वतीदेवी श्रेष्ठले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा उपलब्ध गराउनुभएको हो।
पेट्रोल पम्पका निर्देशक गोकर्ण घिमिरेले विपद्बाट प्रभावित परिवारको पीडामा साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो। “विपद्को कठिन अवस्थामा पीडित नागरिकको साथमा उभिनु हाम्रो पनि दायित्व हो”, उहाँले भन्नुभयो, “सहयोग सानो भए पनि राहत र पुनःस्थापनामा योगदान पुगोस् भन्ने उद्देश्य हो।”
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको राहत तथा पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको घिमिरेले बताउनुभयो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ७, बुधबार २२:१८सिन्धुपाल्चोकमा औषधि पसल तथा निजी स्वास्थ्य संस्थाको अनुगमन, आधा दर्जन सिल
समाचार२०८३ आश्विन ७, बुधबार २१:४७बाढीमा ज्यान गुमाएका परिवारलाई नेत्रावती डवजोङको आर्थिक सहयोग
सूचना-प्रविधि२०८३ आश्विन ७, बुधबार १३:३२फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
खेलकुद२०८३ आश्विन ७, बुधबार १२:१६एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक








