‘अक्षरा’को ट्रेलरमा जबर्जस्ती विवाहको कथा, निर्माताको आम्दानीको १० प्रतिशत कोषमा

‘अक्षरा’को ट्रेलरमा जबर्जस्ती विवाहको कथा, निर्माताको आम्दानीको १० प्रतिशत कोषमा

काठमाडौँ । भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले फिल्म प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ।

सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी परिवारको केटा रोजेर जबर्जस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई मुख्य विषय बनाइएको छ। मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित फिल्मको ट्रेलरले नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ।

विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको **‘अक्षरा’**की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी छ। सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।

उग्रसेन ढुङ्गानाको मूल कथामा आधारित फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर छ।

फिल्ममा दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, साहिल खानको टिजर तथा ट्रेलर कट, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। ‘अक्षरा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

यो पनि पढ्नुहोस् :  माओत्से गुरुङको ‘पेन्सन पट्टा’ लाई सबैले हेर्न मिल्ने

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   5   =