भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

धादिङ, २० भ
भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नीलकण्ठ नगरपालिकाका नगरवासीका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ४० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउन थालेको छ ।

बाढीका कारण ज्यान गुमाएका तथा शोकमा रहेका परिवारलाई समवेदना दिन नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा, कार्यपालिका सदस्य लक्ष्मण रम्तेल, विपद् व्यवस्थापन शाखा प्रमुख अर्जुनकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख डिल्ली रमण लम्साल, नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ८ का अध्यक्ष प्रकाशकुमार श्रेष्ठ तथा वडा नम्बर १२ का अध्यक्ष धर्मराज भण्डारी ‘राजकुमार’सहितको टोलीले आज प्रभावित परिवारसँग भेटघाट गरेको हो।

नगरप्रमुख ढुंगानाका अनुसार भोटेकोसी बाढीमा नीलकण्ठ नगरपालिकाका ३८ जना परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । केही परिवारले काजकिरिया सुरु गरिसकेका छन् भने केही व्यक्तिको अझै खोजतलास भइरहेको भन्दै उहाँले प्रशासनसँग समन्वय गरी खोजी तथा उद्धारका लागि नगरपालिकाले आफ्नोतर्फबाट आवश्यक पहल गरिरहेको बताउनुभयो । नगरप्रमुख ढुंगानाले प्राकृतिक विपद्का कारण भएको घटनालाई अकल्पनीय र अत्यन्त दुःखद् बताउनुहुँदै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

नगरपालिकाले मृतक परिवारलाई काजकिरिया खर्चस्वरूप ४० हजार रुपैयाँ उपलब्ध गराइरहेको जनाएको छ । यस्तै, आगामी २२ गते नगरपालिकाभरिका मृतकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने र सोही दिन साँझ पुछारबजारमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले विपद्को यस पीडादायी घडीमा नगरपालिका शोकसन्तप्त नगरबासिसँगै रहेको बताउनुभएको बताउँदै स्थानीय सरकारले नगरबासीहरुलाई अभिभावकत्व ग्रहण गर्ने समेत बताउनुभएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  भोटेकोशी बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको उद्धार
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   10   =