खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित

काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सगरमाथाले खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराएको हो ।
सगरमाथाले खेल २५–१८, २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्यो । लगातार दोस्रो जितसँगै सगरमाथाले ६ अंक जोडेको छ । खप्तडले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
सगरमाथाले पहिलो खेलमा मधेस वारियर्सविरुद्ध ३–१ सेटको जित निकालेको थियो । अब खप्तडले आइतबार तथा सगरमाथाले सोमबार कर्णाली शिवराजको सामना गर्नेछन् । शनिबारै सम्पन्न पहिलो खेलमा काठमाडौं रेड्सले मधेस वारियर्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्









