बाढी प्रभावितका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याणद्वारा रु १ लाख ११ हजार १११ सहयोग

महासंघमार्फत नेपाल सरकारलाई राहत रकम बुझाइने, उद्धार र राहतमा प्रभावकारी समन्वय गर्न आग्रह
धादिङ, २४ भदौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक, यात्रु तथा यातायात क्षेत्रमा आबद्ध व्यक्तिहरूको राहतका लागि नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याण प्रालिले रु १ लाख ११ हजार १११ सहयोग गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत नेपाल सरकारलाई बुझाउने गरी महासंघलाई हस्तान्तरण गरेको हो ।
कम्पनीका अध्यक्ष शरद अधिकारीले बाढीबाट प्रभावित नागरिक, यात्रु, यातायात व्यवसायी तथा मजदुरको दुःखमा साथ दिन सहयोग गरिएको बताउनुभयो। उहाँले भदौ १० गते तिब्बततर्फबाट आएको भोटेकोशी तथा त्रिशूली नदीको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीसहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पु¥याएको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो ।
बाढीका कारण सर्वसाधारणसँगै यातायात व्यवसायी, चालक, सहचालक, मजदुर र यात्रुसमेत प्रभावित भएको भन्दै उद्धार, खोजी, राहत तथा उपचारको कामलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको अध्यक्ष अधिकारीको भनाई छ ।
उहाँले यस बिपदको समयमा यातायात ब्यवसायीको लोन रि सेडियुल गरि ब्याजरकम छुट दिनसमेत सरकारसंग माग गर्नुभएको छ । विपद्का कारण धादिङसहित प्रभावित क्षेत्रमा सडक तथा यातायात सेवा प्रभावित हुँदा यात्रुका साथै यातायात क्षेत्रमा आश्रित श्रमिक र व्यवसायीले समेत कठिनाइ भोग्नुपरेको अध्यक्ष अधिकारीले बताउनुभयो। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सम्बन्धित सुरक्षा निकायको निर्देशन पालना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
२०७६ सालमा स्थापना भएको नेपाल इन्भेष्टमेन्ट एण्ड यातायात कल्याण प्रालिले यातायात सञ्चालन तथा बसपार्क व्यवस्थापनसम्बन्धी काम गर्दै आएको छ। कम्पनीले काठमाडौंको लोत्से मलस्थित बसपार्कबाट धादिङ–काठमाडौं र धादिङ जिल्लाभित्र सञ्चालन हुने विभिन्न रुटका यातायात सेवाको व्यवस्थापन गर्दै आएको जनाएको छ। कम्पनीले धादिङबेँसीको मिलनटोलमा नयाँ माइक्रो टिकट काउन्टर व्यवस्थापन गरी माइक्रोबस सेवा सञ्चालनको तयारी समेत गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। सहयोग रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रबन्धक राजेश प्रजापतिसहित यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो ।
धादिङ मण्डली यातायात प्रा.लि.का अध्यक्ष समेत रहुनु भएका अधिकारीले भोली देखि धादिङ जिल्लामा नियमित रुपमा यातायात संचालन हुने जानकारी समेत दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २१:०२उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १८, आईतवार २०:५४असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री
समाचार२०८३ आश्विन १८, आईतवार २०:४८सभामुख अर्याल अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान









