चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार

चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार


सेलिब्रेटी नेपाल। एक्सन किङ निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको नेपाली फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ ।

निखिल उप्रेती होम प्रोडक्सनमा निर्माण भएको फिल्मको ‘लै बरी लै’ गीतमा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई यस गीतमा भने रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ ।

निखिलले यसअघि पनि आफ्ना फिल्ममा एक्सनसँगै रोमान्टिक नम्बरमा आफूलाई प्रस्तुत गर्दै आएका थिए । यसपटक पनि उनी एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन् । गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।

किरण थापाको कोरियोग्राफी रहेको यस गीतमा पुनम श्रेष्ठ र उपासना शाक्यले सहायक कोरियोग्राफरका रूपमा साथ दिएका छन् । डान्सर टिमको नेतृत्व देवराज सापकोटाले गरेका छन् । सौरभ लामाले छायांकन गरेको गीतमा रिजुन प्रधानले स्टाइलिस्ट तथा कस्ट्युम डिजाइनरको भूमिका निभाएका छन् । कलाकारहरूको मेकअप र हेयरको जिम्मेवारी सुवास तिमल्सिनाले सम्हालेका छन् । गीतलाई निकै भव्य रूपमा प्रस्तुत गरिएको छ ।

‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ । पूर्णिका यही फिल्ममार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन् ।

फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन निर्देशन शुक्रराज शाह र सम्पादन बन्दे प्रसादको सम्पादन छ । फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक, पारिवारिक द्वन्द्वदेखि आमाको ममतासम्म
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =