‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्धको कथा

‘जदौ’को ट्रेलर सार्वजनिक, अन्तरजातीय सम्बन्धको कथा

काठमाडौं ।  नेपाली फिल्म ‘जदौ’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्मको करिब सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति समाजमा व्याप्त विभेद, भेदभाव र सामाजिक उल्झनलाई प्रस्तुत गरिएको छ।

मुख्य कथावस्तुलाई सस्पेन्समै राखिएको ट्रेलरमा हाँसो, रोमान्स र रोदनको मिश्रण देखिन्छ। काजी लिम्बूको लेखन रहेको ‘जदौ’लाई निर्माण पक्षले सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक फिल्मका रूपमा प्रस्तुत गर्दै आएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै व्याप्त जातीय विभेद तथा धनीमानीले गरिब र निम्न वर्गमाथि गर्ने थिचोमिचोविरुद्ध फिल्ममार्फत सशक्त आवाज उठाउने प्रयास गरिएको बताए। नेपाली जनजीवनको मौलिक कथा बोकेको ‘जदौ’ले मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ।

अर्का निर्देशक काजी लिम्बूले आफूहरूले वर्षौंदेखि भन्न चाहेको कथा ‘जदौ’मार्फत प्रस्तुत गरेको बताए। उनका अनुसार ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने विषयमा आधारित फिल्म हो।

अभिनेता मुकुन भुसालले ‘जदौ’मा आफूले विगतका फिल्मभन्दा फरक भूमिका र चरित्र निर्वाह गरेको बताए। अभिनेत्री नीति शाहले फिल्मका लागि निकै मेहनत गरेको र त्यसको परिणाम सुखद आउनेमा आफू आशावादी रहेको बताइन्।

अभिनेता प्रभात पाल ठकुरीले ‘जदौ’ आफ्नो करिअरका लागि महत्वपूर्ण फिल्म भएको बताउँदै दर्शकलाई फिल्म हेर्न आग्रह गरे। अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौड्यालले पनि आफूहरूले निर्वाह गरेको भूमिकाबारे जानकारी दिँदै फिल्मले दर्शकको साथ पाउने विश्वास व्यक्त गरे।

कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मेहनत र दुःखका साथ फिल्म निर्माण गरिएको बताउँदै दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन्। निर्माता डिल्लीराज पोखरेलले फिल्मले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाजलाई समेत उठाएको बताए।

फिल्मकी कन्सेप्ट डिजाइनर विमला भण्डारीले पनि आम नेपाली दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गरिन्।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

यो पनि पढ्नुहोस् :  स्नेहालाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज » Celebrity Nepal

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माताका रूपमा रहेका छन्। सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्मात्री हुन्।

एनजिसिएन ग्रुपले वितरण गर्ने ‘जदौ’ समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको हो।

फिल्मको शीर्ष गीत ‘जदौ हजुर…’ र प्रेमिल गीत ‘तिमीसँग नबोली…’ दर्शकमाझ चर्चामा छन्। यसअघि सार्वजनिक गरिएको टिजरले पनि दर्शकको ध्यान तानेको निर्माण पक्षको दाबी छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा ‘जदौ’को तर्फबाट गोलाप्रथामार्फत सात जना भाग्यशाली सञ्चारकर्मीलाई विभिन्न उपहारसमेत प्रदान गरिएको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   4   =