मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा, २ असोज । जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा ३० वर्षमाथिका सबैलाई इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ ।
पालिकाका लागि ६५ हजार ५२५ भाइल खोप आज मेचीनगर आइपुगेको जनाउँदै १५ वटै वडाको खोप केन्द्रमा आवश्यक तयारी पूरा भइसकेको मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिए । यही असोज ५ गते मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा स्वास्थ्यचौकीमा झापा जिल्लास्तरीय खोप अभियानको उद्घाटन गरिने उनले बताए ।
मेचीनगरमा चालु आर्थिक वर्षमा छ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने अरुको विभिन्न अस्तालमा उपचार भइरहेको उनले बताए । आव २०८१/८२ र आव २०८२/८३ मेचीनगरमा यही रोगको सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको थियो । भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरलाई संवेदनशील मानिएको छ ।
मेचीनगरको पाँचवटा वडामा रोगको सङ्क्रमण देखापरेको छ । खोप केन्द्रसम्म ज्येष्ठ नागरिकलाई ल्याउन आवश्यक परेमा सिटी सफारी र टेम्पोको प्रयोग गर्नेगरी तयारी भएको मेतीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीले बताए । झापामा चालु आवभित्र १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:४४‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २६, सोमबार ०७:३५नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल









