रूपामा अन्तरमावि स्तरीय नृत्य प्रतियोगिता, रामकोट मावि प्रथम

पोखरा । रूपा गाउँपालिकामा अन्तरमावि स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। रूपा–२ स्थित श्री शिवालय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा गाउँपालिकाभित्रका नौ विद्यालयका विद्यार्थी सहभागी भए।
प्रतियोगितामा चन्द्रप्रभा मावि रूपा–६, गाउँफर्क मावि रूपा–४, रूपाज्योति मावि रूपा–६, रामकोट मावि रूपा–७, विश्वशान्ति मावि रूपा–५, पृथ्वीरूपा मावि रूपा–६ र शिवालय मावि रूपा–२ लगायतका विद्यालयका विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा रामकोट माध्यमिक विद्यालय प्रथम हुँदै ८ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो। रूपाज्योति माध्यमिक विद्यालय द्वितीय हुँदै ६ हजार रुपैयाँ र प्रमाणपत्र तथा विश्वशान्ति माध्यमिक विद्यालय तृतीय हुँदै ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो। पृथ्वीरूपा माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्दै ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो। सहभागी सबै विद्यालयका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षक उपेन्द्र गुरुङ र कविता पौडेल रहेका थिए । सोही अवसरमा शिवालय माध्यमिक विद्यालयमा निर्माण गरिएको खेलमैदानको उद्घाटनसमेत गरिएको छ। खेलमैदानको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका–२ का वडाध्यक्ष राजन सुवेदीले गरेका थिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता बढाउने उद्देश्यले खेलमैदान निर्माण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा वडाध्यक्ष सुवेदीले विद्यालय र विद्यार्थीका लागि आफूले निरन्तर काम गर्दै आएको बताए। उनले वडा नम्बर २ मात्र नभई समग्र रूपा गाउँपालिकाको विकास र शैक्षिक क्षेत्रमा आवश्यक सहयोग तथा कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा रूपा
गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा प्रमुख बाबुराम गैरे, युवा क्लबका अध्यक्ष मिलन थापा, ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीका डाइरक्टर झलक गुरुङ, रूपाज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पोष्टराज सुवेदी तथा पूर्वविद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीलगायतको उपस्थिति थियो। उनीहरूले प्रतियोगिताको सफलताको शुभकामना दिए।
विद्यार्थीमा रहेको प्रतिभा पहिचान, सिर्जनात्मकता र सांस्कृतिक प्रस्तुतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले विद्यालयबीचको सम्बन्ध र विद्यार्थीको आत्मविश्वास बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन शिवालय माध्यमिक विद्यालयका शिक्षक जयराम सुवेदीले गरेका थिए
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22781, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १९, सोमबार ११:४३गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा








