धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

धादिङ, २१ असोज : धादिङबेंसीमा सञ्चालन गरिएको दुईदिने आँखा शल्यक्रिया शिविरमा एक सय तीन जनाको शल्यक्रिया गरिएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँ र तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र धादिङको आयोजनामा असोज २० र २१ गते सञ्चालित शिविरमा मोतीबिन्दु तथा आँखामा मासु पलाउने (प्टेरिजियम) समस्या भएका बिरामीको शल्यक्रिया गरिएको हो ।
केन्द्रका प्रमुख सुपेन्द्र ताम्राकारका अनुसार मोतीबिन्दु भएका ७० जनाको फेको प्रविधि र २७ जनाको एसआइसिएस प्रविधिबाट गरी ९७ जनाको शल्यक्रिया गरिएको छ । बाँकी छ जनाको प्टेरिजियमको शल्यक्रिया गरिएको हो ।
शिविरबाट सेवा लिने अधिकांश बिरामी नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, नेत्रावती डबजोङ र खनियाबास गाउँपालिकाका रहेका उहाँले जानकारी दिनुभयो । शिविरमा एसआइसिएस प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया निःशुल्क गरिएको थियो भने फेको प्रविधि र प्टेरिजियमको शल्यक्रिया सहुलियत शुल्कमा गरिएको केन्द्रले जनाएको छ ।
यसअघि भदौमा आयोजना गर्ने भनिएको उक्त शिविर प्राकृतिक प्रकोपका कारण यातायात अवरुद्ध भएपछि स्थगित गरी असोज २० र २१ गते सञ्चालन गरिएको हो ।
प्रमुख ताम्राकारले मोतीबिन्दु उमेर बढ्दै जाँदा मात्र हुने समस्या नभई आँखामा चोटपटक लाग्दा तथा बालबालिकामा जन्मजात रूपमा समेत देखिन सक्ने बताउनुभयो । आँखासम्बन्धी जटिल समस्या देखिए स्वास्थ्य संस्थामा उपचार गराउन तथा आँखालाई चोटपटकबाट जोगाउन उहाँले सुझाव दिनुभयो ।
शिविर सञ्चालनका लागि दी फ्रेड हलोज फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २२, बिहीबार ०६:४७बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
समाचार२०८३ आश्विन २१, बुधबार २१:१७धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:२७दयाहाङ राई » Celebrity Nepal
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २१, बुधबार १९:१६‘अक्षरा’ को मार्मिक गीत सार्वजनिक, न्यान्सी र सुशीलको भावुक जोडी








