प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु

धादिङ,१६ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित प्रसन्न स्वास्थ्य आमा सहकारीका संस्थाका पदाधिकारी र सदस्यहरुको लागि आयोजित ३ दिने वित्तीय साक्षरता,सहकारी शिक्षा र मनोपरामर्श तालिम आजबाट सुरु भएको छ । नीलकण्ठ नगरपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्याक्रम र सामाजिक विकास शाखाको सहकार्यमा तालिम सन्चालन गरीएको हो ।सहकारीका अध्यक्ष अम्बिका दुवाडीको अध्यक्षताम सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकाश शाखाका शाखा अधिकृत उर्मिला थपलिया,सामी कार्यक्रममा कार्यक्रम अधिकृत भोजराज सुनुवार,सामी कार्यक्रममा कार्यक्रम संयोजक तथा अधिवक्ता दिनेश दुवाडी,नीलकण्ठ नगरपालिकाका मनोपरामर्शकर्ता रामकुमार थापा,वित्तीय साक्षरता सहजकर्ता सरस्वती लम्साल,सहकारीका व्यवस्थापक लक्ष्मी अर्याल दुवाडी लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अतिथीहरुले वित्तीय साक्षरता अहिलेको आवश्यकता भएको भन्दै आम्दानी र खर्चको हिसाव किताव राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

तालिमको पहिलो दिन आज सामाजिक विकास शाखाका शाखा अधिकृत उर्मिला थपलियाले सहकारी भनेको के हो ? सहकारीको सिद्धान्त,सन्चालक समितिको काम कर्तव्य र अधिकारीको विषयमा सहजिकरण गर्नुभएको थियो । तीन दिन सम्म सन्चालन हुने तालिममा वित्तीय साक्षरता के हो ? आवश्यकता र चाहना कसरी चिन्ने,गरिबी हुनुको कारण र सम्पन्ताको खुड्कीलाहरु के के हुन?पारिवारीक बजेट के हो र व्यवसायीक योजनाको विषयमा वित्तीय सहजकर्ता सरस्वती लम्सालले सहजिकरण गर्नुहुनेछ । यसैगरी मनोपरामर्शकर्ता रामकुमार थापाले मन भनेको के हो? मनोसामाजिक समस्याको कारण र लक्षणहरु,सकारात्मक सोच कसरी अभिबृद्धि गर्ने र तनाव विर्सजनको तरिकाहरुको बारेमा सहजिकरण गर्नुहुनेछ । तालिममा सहकारीका ३५ जनाका सहभागिता रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २१, शुक्रबार १२:४६गोरखाको चुमनुब्रीमा नुन प्रतिकिलो २०० रुपैयाँ
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:२५माथिल्लो म्याग्दीको मौलिक स्वाद ‘सारथी’ को ‘मयाली’ सार्वजनिक’
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:०८चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शन » Celebrity Nepal
खेलकुद२०८३ कार्तिक २१, शुक्रबार ०७:५२एनपीएलमा आज दुई खेल: कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै









