काठमाडौं गोर्खाजबाट पहिलो शतक प्रहार गर्ने खेलाडीलाई अस्ट्रेलिया भ्रमणको अवसर

काठमाडौं गोर्खाजबाट पहिलो शतक प्रहार गर्ने खेलाडीलाई अस्ट्रेलिया भ्रमणको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजबाट सबैभन्दा पहिले शतक प्रहार गर्ने खेलाडीले अस्ट्रेलिया भ्रमणको अवसर पाउने भएका छन्।

टोलीको प्रायोजक क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजले खेलाडीको मनोबल बढाउने उद्देश्यले यस्तो पुरस्कार घोषणा गरेको हो।

कम्पनीका अनुसार शतक प्रहार गर्ने पहिलो खेलाडीलाई अस्ट्रेलियाको विशेष भ्रमण गराइनेछ। भ्रमणका क्रममा लाग्ने हवाई टिकट, होटल बसाइ र भिसासम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नेछ।

यस घोषणाले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न थप हौसला मिल्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   7   =