सुनको मूल्य प्रतितोला एक सयले बढ्यो

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।
सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन । महासङ्घले आज चाँदीको मूल्य तोलामा रु एक हजार सय ८५ निर्धारण भएको जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १०:४५तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति
समाचार२०८३ असार २०, शनिबार १०:३२गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम
खेलकुद२०८३ असार २०, शनिबार १०:३०कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश









