विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग समेत भेटवार्ता गरेको थियो । उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाल र भारतबीचको व्यापार तथा लगानी प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभयो । भेटमा उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन भारतीय उद्योग परिसङ्घका अध्यक्ष सञ्जीव पुरीको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो । महासङ्घको वार्षिक साधारणसभामा पुरी मुख्य वक्ता हुनुहुन्थ्यो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १८, शनिबार ०९:५६शाहरुख र रानीले जिते पहिलो पटक राष्ट्रिय अवार्ड
समाचार२०८२ श्रावण १८, शनिबार ०८:२१विद्रोहदेखि विचारसम्मको जनयात्रा
समाचार२०८२ श्रावण १७, शुक्रबार २०:४१धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १७, शुक्रबार १६:४१आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन