Home स्वास्थ्य/जानकारी टिप्स भीमसेनगोलामा निःशुल्क क्यान्सर परीक्षण शिविर

भीमसेनगोलामा निःशुल्क क्यान्सर परीक्षण शिविर

12
0

काठमाडौं, ६ बैशाख । निःशुल्क क्यान्सर परीक्षण शिविर आज (बिहीबार) भीमसेनगोलामा छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा आज उक्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ ।

काठमाडौं महानगरपालिका स्वास्थ्य विभागको अगुवाईमा महानगरका प्रत्येक वडामा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने छ । बिहीबार भने काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भीमसेनगोलामा उक्त स्वास्थ्य शिविर सञ्चालनमा आएको हो ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, भीमसेनगोलामा प्रजनन उमेरका महिलाहरुलाई निःशुल्क क्यान्सरको परीक्षण गराउन काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । ‘३० वर्षदेखि ६० वर्ष उमेर समूह (प्रजनन उमेर) का महिलाहरुले हरेक ५ वर्षमा क्यान्सरको जाँच गराउनुपर्छ ।’, काठमाडौं महानगरपालिका भनेको छ । त्यसैका लागि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।

समयमा क्यान्सर पहिचान गर्न सके उपचार सफल हुने सम्भावना धेरै हुने दाबी गर्दै शिविरमा स्वास्थ्य जाँच गर्न आउनका लागि सबै प्रजनन उमेरका महिलाहरुलाई महानगरले अनुरोध गरेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleयूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन
Next articleविपिनलाई लिएर ‘पहाड’ निर्देशन गर्दै तुलसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here