धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति

धादिङ,१२ बैशाख
धादिङको नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरिएको हो।चिकित्सालयले अब १६ शैय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा अमुल्य दाहालले बताउनुभयो ।उहाँले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो।
धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालय सहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ ।सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भइरहेको छ । औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरुपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ ।
चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओ थेरापी लगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ३०, शनिबार २१:०३वर्ल्डकपमा मेरो फेभरेट देशले खेलेकै छैन: प्रधानमन्त्री « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ ३०, शनिबार २०:०६गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३०, शनिबार १९:२७यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो ‘पेद्दी’
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ३०, शनिबार १३:५२आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन








