धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताउनुभएको छ ।
इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्दै आएको बताउनुभएको छ ।
“देशको यही विविधतालाई आत्मसात् गर्दै नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र विविधतासहितको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई आत्मसात् गरेको छ । यो हामी सबैका लागि गौरवको कुरा हो”, उहाँले शुभकामनामा भन्नुभएको छ ।
नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ । मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारले समुदायले यसजात्रा लिङ्गो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्मसहित धुमधामपूर्वक मनाउने गरेका छन् प्रधानमन्त्री दाहालले इन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदायलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ५, मंगलवार १८:३५बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार १६:४२चारु : श्रीकृष्ण शर्मा
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ५, मंगलवार ०८:५०कान्समा नेपालको पहिलो आधिकारिक स्टल : नेपाली चलचित्रको विश्व बजार यात्रामा बोर्डको ऐतिहासिक पहल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ५, मंगलवार ०८:२७नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग









