विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित

पोखरा । विन्ध्यवासिनी मन्दिरमा असोज १७ गते हुने भनिएको नवदुर्गा शोभायात्रा स्थगित गरिएको छ । विपद्को समयमा शोभायात्रा गर्नु अनुचित रहेको भन्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले कार्यक्रम रद्द गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘हालै मात्र देशको विभिन्न भू–भागमा अविरल बर्षा भई डुवान, बाढी र पहिरोजन्य प्रकोपमा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारबाट तीन दिन राष्ट्रिय शोकको घोषणा भएकोले यस समितिबाट यहि असोज १७ गते आयोजीत विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा कार्यक्रम रद्ध भएको सूचित गरिन्छ । शोभायात्राको पूर्व तयारीमा लाग्नु भएका श्रद्धालु भक्तजन र सहयोगी संस्थाहरुमा पर्न जाने असुविधाका प्रति हामी क्षमा याचना गदछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ४, सोमबार २०:१६आईसीसी क्रिकेट विश्वकप लिग २ – अंकतालिकाको पाँचौं स्थानमा उक्लियो नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ४, सोमबार १६:२६चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ४, सोमबार १६:१६विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ४, सोमबार १३:१७घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड









