भोलि बैशाख ३ गते श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन गरिदै

पोखरा महानगरपालिका वार्ड नं। १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आगामी बैशाख ३ गते गरिने भएको छ । हाल गत चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसंगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । गत चैत्र २९ गतेदेखी नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी थिइन भने भोलि

बैशाख ३ गते बुधवार बिहान भूमी पूजन संगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख ५, शुक्रबार २०:०७बाल विदुषी अनुराधा पाण्डेयको श्री गण्डकी कोटिहोम महायज्ञबाट बिदाई
खेलकुद२०८२ बैशाख ५, शुक्रबार ०८:१८श्री गण्डकी कोटिहोम महायज्ञमा आज शुक्रबार देवी प्रतिभा जी को स्वागत तथा अनुराधा पाण्डेयको विदाई
समाचार२०८२ बैशाख ४, बिहीबार ०७:५९श्री गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन एव यज्ञ कुण्ड खन्ने काम सम्पन्न
समाचार२०८२ बैशाख ३, बुधबार ०८:५३श्री गण्डकी कोटिहोम महायज्ञको भूमी पुजन र यज्ञ कुण्ड खन्ने उत्तम साइत आज बुधबार