धर्म विना राजनीति हुदैन: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गर्ने समय तालिका तय भएको छ, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ।

कार्यक्रममा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संविधान सभा सदस्य ज्ञानेन्द्र शाहिको सहभागिता रहेको थियो । बिहान मात्र कलश यात्रा सम्पन्न गरी भोलि देखि सुरु हुने कोटीहोमको तयारी पुरा भएको महायग मूल आयोजक समितिले जनाएको छ ।
यसै बिच आज प्रवक्ता शाहिले “धर्म विना राजनीति हुँदैन। गौमाताको हत्या गर्ने हत्यारा नै हो। अब धर्म बचाए मात्र भोलि हाम्रा छोरीचेली, दिदीबहिनी बच्छन्,” भने भनाई राखेका थिए । यो भनाइले धार्मिक मूल्य र आस्थालाई सामाजिक संरक्षण र नैतिकताको आधारका रूपमा प्रस्तुत गरेको छ।
राप्रपा प्रवक्ताले धर्मको नाममा अधर्म गर्नेहरूविरुद्ध कडा अडान राख्दै भने, “धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१% हिन्दु प्रतिकार गर्न निस्किन्छौँ।” उनले थप जोड दिँदै भने, “धर्म मान्नेले पाप गर्दैन, जसले धर्म मान्दैन त्यसले भ्रष्टाचार गर्छ।” यो अभिव्यक्तिले धार्मिक आस्था र नैतिकताले व्यक्तिगत तथा सामाजिक सुशासनमा महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश दिएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ मंसिर ६, शुक्रबार १६:३८आयोजित बैंक तथा वित्तिय संस्थासंगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २९, शुक्रबार १६:१९प्रभावकारी तरिकाले तनाव घटाउने ११ उपाय
समाचार२०८२ कार्तिक २९, शुक्रबार १५:५५रास्वपा छोडेको सन्तोष परियारद्वारा घोषणा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २९, शुक्रबार १५:४३सुरक्षा पन्तको ‘धागो’ नेपाल र भारतमा एकसाथ रिलिज हुने








