धादिङको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि हुने

धादिङ, बैशाख २५ गते ।
धादिङ जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेष्ठ ३ देखि सुरू हुने भएको छ । धादिङ जिल्ला खेलकुद विकास समितिका अनुसार आगामी जेष्ठ ३ गतेदेखि ५ गतेसम्म धादिङबेसीमा शिल्ड प्रतियोगिता हुने भएको हो ।
यसअघि प्रतियोगिता बैशाख १३, १४, र १५ गते हुने भनिए पनि विविध कारणले मिति सरेको समितिले जनाएको छ । जेष्ठ ३, ४, र ५ गते प्रतियोगिता सञ्चालन गरिने भएकाले सोही अनुसार तयारी गर्न सबैलाई अनुरोध गरिएको छ । साथै, बैशाख २८ गतेभित्र सम्बन्धित पालिकाबाट छनोट गरिएका खेलाडीहरूको ईभेन्टसहितको नामावली बुझाउन आग्रह गरिएको छ ।
स्तरीय छनोट सकिएलगत्तै जेष्ठ ८ गतेदेखि दोलखामा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि धादिङबाट छनोट भएका खेलाडीहरूलाई ट्र्याकसुट र खेलकुद सामग्री (किट) समेत उपलब्ध गराइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले बताउनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै








