“एक प्रहरी, एक फूलको गमला” अभियानको शुभारम्भ

पोखरा । वडा प्रहरी कार्यालय बैदाम, कास्कीको आयोजनामा “एक प्रहरी, एक फूलको गमला” अभियानको शुभारम्भ गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा बैदाम वडा प्रहरी कार्यालयमा कार्यरत १०० जना प्रहरी कर्मचारीहरू सहभागी थिए।
कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई रातो, सेतो, पहेँलो र नीलो रङका चारवटा हाउसमा विभाजन गरिएको छ। प्रत्येक कर्मचारीलाई एक–एक फूलको गमला हस्तान्तरण गरिएको छ, जसमा उनीहरूले आफ्नो हाउसअनुसार फूलहरू रोपेर संरक्षण गर्ने जिम्मेवारी पाएका छन्।
प्रत्येक महिनाको अन्त्यमा उत्कृष्ट टोलीलाई पुरस्कृत गर्ने गरी आन्तरिक कार्यविधि तयार गरिएको छ भने मूल्याङ्कनका लागि समिति पनि गठन गरिएको छ।
प्रहरी उपरीक्षक ओलीले सोमबार आयोजित समारोहमा अभियानको शुभारम्भ गर्दै यसले प्रहरी कर्मचारीहरूमा स्फूर्ति ल्याउनुका साथै वातावरणमैत्री वातावरण र कार्यालयको सौन्दर्य अभिवृद्धि गर्ने बताउनुभयो। यस्तो अभियान अन्य वडा प्रहरी कार्यालयहरूमा पनि आवश्यक रहेको उहाँले जोड दिनुभयो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18265, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ९, मंगलवार ०९:४३नेपाली पत्रकारितामा एआईको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न
समाचार२०८३ असार ९, मंगलवार ००:४०कास्कीका सिडिओ कुमानसिंह गुरुङलाई लेखनाथमा स्वागत
समाचार२०८३ असार ९, मंगलवार ००:३८लेउवा संघमा रोजगार रणनीति निर्माणका लागि रोजगार संवाद मञ्च
समाचार२०८३ असार ७, आईतवार ०१:०५सौराहबाट जाउँ है पोखरा अभियान सुरु







