बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

धादिङ,०८ जेठ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले अभिभावक शिक्षा अभियान संचालनमा ल्याएको छ । “टोल टोलमा अभिभावक शिक्षा, घर घरमा समीक्षा” भन्ने मूल नारासहित गाउँपालिकाले अभियान संचालनमा ल्याएको हो ।
विशेषगरी भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले प्रभावित अति सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी अभियान सुरू गरिएको हो ।
अभिभावकहरू माझ शिक्षा सम्बन्धी चेतना अभावका कारण बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भइरहेका छन्। अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउन प्रेरित गर्ने, विद्यालय भर्ना दर वृद्धि गर्ने, र शिक्षाको महत्त्वबारे सचेत गराउने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले बताउनुभयो ।
खेतीपाती र अन्य दैनिक कामको व्यस्तताका कारण दिउँसो अभिभावक भेट्न कठिन हुने भएकाले अभियान साँझको समयमा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। यसले गाउँपालिकाको नियमित सेवा प्रवाहमा अवरोध नपु¥याउने र अभिभावकहरूलाई सहज रूपमा भेटेर संवाद गर्न सकिने विश्वास गरिएको छ।
गाउँपालिकाले अभियानलाई प्रभावकारी बनाउन परम्परागत भाषणमुखी शैलीलाई परिवर्तन गर्दै संगीत र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत शिक्षा सम्बन्धी सन्देश प्रवाह गरिने नीति अपनाएको छ ।
यसले अभिभावकहरूमा चासो र उत्साह जगाउने विश्वास लिइएको छ । हाल एक वडाबाट सुरु भएको यो अभियानलाई क्रमशः सम्पूर्ण गाउँपालिकामा विस्तार गर्ने योजना बनाएको छ ।
गाउँपालिका अध्यक्ष थपलियाले भन्नुभयो, “हामी शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन चाहन्छौं। शिक्षा विकास भयो भने अरू सबै क्षेत्रमा पनि स्वतः विकास सम्भव हुन्छ ।” उहाँले गाउँपालिकाको कुल बजेटमध्ये ३३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको समेत जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द







