भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

धादिङ, ०८ जेठ ।
धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका ८८ वर्षीय जगनाथ लम्सालको खुकुरी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएको छ। बैशाख २५ गते आफ्नै भतिज ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरी उनलाई गम्भीर घाइते बनाएका थिए ।
घाइते अवस्थामै उनलाई तत्काल धादिङ अस्पतालमा प्रारम्भिक उपचार दिइएपछि सोही दिन हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार उहाँको निधन भएको हो।
वृद्ध लम्सालको अनुहार र टाउकोमा गम्भीर चोट लागेको थियो। आरोपी बाबुकाजी लम्साल मृतक वृद्धका दाजुको छोरा हुन्।
स्थानीयका अनुसार, बाबुकाजी यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष जेल सजाय भोगिसकेका व्यक्ति हुन्। उक्त घटनापछि मृतक वृद्धले बाबुकाजीकी श्रीमतीको काजक्रिया गरेका थिए, जसको कारण रिसीबी राखेका बाबुकाजीले हिडडुल गर्न नसक्ने वृद्धमाथि बसेको अवस्थामा नै धारिलो हतियार प्रहार गरेका थिए।
प्रहरीले घटनाको दिन नै बाबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जनाएको छ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’