रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता हुने

रसुवा- रसुवाको गोसाँईकुण्ड गाँउपालिका चार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किलोमिटर दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता हुने भएको छ ।
बागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा यहि जेठ २४ गते हुने भएको हो ।
पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तब्य रहेको लाङ्टाङ क्षेत्रको साहसिक पर्यटकीय गन्तब्यका रुपमा यसको अन्तराष्ट्रिय बजारमा प्रचुर सम्भावनाको बारेमा प्रचारप्रसार एवं बजारीकरण गर्दै पर्यटन प्रर्बद्वनमा टेवा पु–याउने उद्येश्यका साथ आयोजना गर्न लागिएको दौड प्रतियोगिताको आवश्यक तयारी पूरा गरिएको पर्यटन ब्यबसायीहरुको साझा संस्था रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
दौड प्रतियोगितामा स्वदेशी तथा बिदेशी नागरिकहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । दौड प्रतियातामा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पच्ची हजार रुपैयाँ रहेको छ । त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाउने छन् ।
क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्म ३२ किमी दुरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३८चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३५‘कस्तुरी’को अधिकांश छायांकन सकियो, गीत र केही दृश्य बाँकी
समाचार२०८२ चैत्र ८, आईतवार २०:३३तिनाउ खोलामा डुबेर दुई भारतीय पर्यटक बेपत्ता
समाचार२०८२ चैत्र ८, आईतवार १६:५६धौखोलामा झोलुङ्गे पुल निर्माण प्रक्रिया सुरु, धादिङकै दोस्रो लामो पुल बन्ने







