महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

धादिङ, १३ जेठ ।
पृथ्वी राजमार्गस्थित  धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो।

त्यसैगले आज बिहान १० बजेदेखि महादेवबेशी–काठमाडौं सडकखण्ड दुबै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । पुल निर्माणको क्रममा उत्पन्न भाइब्रेसनका कारण पुरानो संरचना कमजोर बनेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। अब निर्माण कार्य र अवस्थाको मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जनाइएको छ।

साना चारपाङ्ग्रे सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। ती सवारी साधनहरूलाई गल्छी हुँदै नुवाकोटको बाटो भएर काठमाडौंतर्फ पठाउने व्यवस्था मिलाइएको स्थानिय प्रशासनले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

Related articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   4   =