महादेवबेशी–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

धादिङ, १३ जेठ ।
पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङखोला पुलमा क्षती पुगेकोले महादेवबेशी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । जुगें खोला नजिकै सोप्यागंखोला पुलमा नयाँ पुल निर्माण गर्ने क्रममा भएको कम्पन (भाइब्रेसन) का कारण पुरानो पुलको पर्खालमा क्षति पुगेको थियो।
त्यसैगले आज बिहान १० बजेदेखि महादेवबेशी–काठमाडौं सडकखण्ड दुबै तर्फ पूर्ण रूपमा अवरुद्ध भएको हो । पुल निर्माणको क्रममा उत्पन्न भाइब्रेसनका कारण पुरानो संरचना कमजोर बनेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको हो। अब निर्माण कार्य र अवस्थाको मूल्याङ्कनपछि थप सूचना सार्वजनिक गरिने जनाइएको छ।
साना चारपाङ्ग्रे सवारीसाधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। ती सवारी साधनहरूलाई गल्छी हुँदै नुवाकोटको बाटो भएर काठमाडौंतर्फ पठाउने व्यवस्था मिलाइएको स्थानिय प्रशासनले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
समाचार२०८२ माघ ३, शुक्रबार १९:३७गगन थापा सभापति भएको काँग्रेस आधिकारिक: निर्वाचन आयोग
समाचार२०८२ माघ ३, शुक्रबार १८:३११६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १७:०२रहस्य र थ्रिलले भरिएको ‘द ब्ल्यू लाइट’ को ट्रेलर सार्वजनिक







