धादिङ कारागारमा एक थुनुवाले गरे झुन्डिएर आत्महत्या

धादिङ – बुधवार धादिङ कारागारमा गए राती एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन् ।
धादिङको वेनीघाट रोराङ गाउँपालिका ७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेको कारागारले जनाइएको छ ।
चालु महिनाको ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्क्षकालागी धुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समय सम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले एकले अर्काको काँधमा चढी झ्यालबाट हेर्दा झुण्डीएकोअवस्थामा भेटिएको धादिङ कारागारका प्रशासक राममणि मिश्रले बताउनु भयो ।
उनले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका हुन् ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोस्टमार्टमका लागी धादिङ अस्पताल पठाइएको प्रशासक मिश्रले बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १०, बुधबार १९:०३त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा अभद्र व्यवहार गर्ने सुरेन्द्र वाँडा पक्राउ
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १५:१४‘कार्की साइँला’को प्रदर्शन मिति परिवर्तन, असोज २ गतेदेखि प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८३ असार १०, बुधबार १४:४८‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १०, बुधबार १३:५५ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया « रिपोर्टर्स नेपाल








