रणनीतिक वन योजनाको प्रारम्भिक वातावरणीय परीक्षणबारे सार्वजनिक सुनुवाइ

धादिङमा रणनीतिक वन योजना कार्यान्वयन गर्न आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार डिभिजन वन कार्यालय धादिङको आयोजनामा आयोजित उक्त कार्यक्रममा वन क्षेत्रको दीगो व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलनलाई ध्यानमा राखी आवधिक योजनासहितको रणनीतिक योजना कार्यान्वयनका लागि स्थानीय सरोकारवालाहरूको सुझाव र धारणा संकलन गरिएको थियो।
कार्यक्रमको उद्देश्य योजनाले वन, वातावरण र स्थानीय समुदायमा पार्ने सम्भावित असरहरूको प्रारम्भिक मूल्याङ्कन गर्नुका साथै योजना अझ समावेशी, उत्तरदायी र प्रभावकारी बनाउनु रहेको थियो।
जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले प्रमुख अतिथिको रूपमा बोल्दै वातावरणीय पक्षहरूलाई बेवास्ता गरेर विकास सम्भव नरहेको बताउँदै, स्थानीय सहभागिताविना दीगो वन व्यवस्थापन सफल हुन नसक्नेमा जोड दिनुभयो।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आर्चायले रणनीतिक योजना कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता गर्दै वातावरणीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने जानकारी दिनुभयो। साथै, सार्वजनिक सुनुवाइमार्फत योजना अझ प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रतिनिधि, उपभोक्ता समूहका सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, महिला तथा युवा प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २०, आईतवार १४:१५स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
खेलकुद२०८३ बैशाख २०, आईतवार ०९:२८चेन्नाई सुपर किंग्सको शानदार जित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने








