पूर्व राष्ट्रपति भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता

काठमाडौँ- चीन भ्रमणमा रहनुभएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार गान्सु प्रान्तमा उच्चस्तरीय भेटवार्ता र अन्य कार्यक्रमहरुमा व्यस्त रहनुभयो ।
यसक्रममा शुक्रबार पूर्व राष्ट्रपति भण्डारी र चिनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भयो । उहाँहरुबीचको भेटवार्ता सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । भेटवार्तामा नेपाल र चीन बीचको सम्बन्ध र आपसी हितको विषयमा छलफल भएको बताइएको छ ।
यही जेठ १० गतेदेखि चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति भण्डारीको उच्चस्तरीय चीन भ्रमणका क्रममा यसअघि चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसंग पनि राजधानी बैइजिङमा भेटवार्ता भएको थियो ।
यसैबीच पूर्व राष्ट्रपति भण्डारी चीनको औद्योगिक तथा पर्यटकीय नगरी जायु गुआन पुगेर विभिन्न स्तरका भेटघाटमा ब्यस्त रहनुभयो ।
उहाँलाई गान्सु प्रान्तको उत्तर पश्चिममा रहेको जायु गुआनमा चीनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा नगर अधिकारीहरुले आत्मीय स्वागत गर्नुभयो ।
उहाँसँग नगरका उपप्रमुख तथा नगर स्थायी कमिटीका सदस्य वाङ सियाओहुले भेटवार्ता गर्नुभयो ।
त्यसवखत पूर्व राष्ट्रपति भण्डारीले जायुगुआनको विशेषता र विकास लगायतका विषयमा जानकारी लिंदै आपसी हित र सहयोगका विविध विषयमा छलफल गर्नुभयो ।
त्यसवखत उहाँको सम्मानमा जायुगुआनविभिन्न कार्यक्रम समेत आयोजना गरियो । जायु गुआन स्टिल तथा वाइन उत्पादनमा चीनमै विख्यात नगरकारुपमा रहेको छ ।
गान्सु प्रान्तको उत्तर पश्चिममा अवस्थित जायुगुआन ३ लाख १२ हजार जनसंख्या रहेको जिल्लास्तरको नगर हो । पछिल्लो समय फलाम र स्टील कारखानाहरुको विकासले नगरलाई समृद्ध बनाएको छ ।
चीनको उत्कृष्ठ पर्यटकीय नगरकारुपमा विकसित जायु गुआन राष्ट्रिय स्वास्थ्य र पातावरण संरक्षणमा पनि नमूना नगरकारुपमा स्थापित छ ।
राष्ट्रिय बगैचा शहरको उपमा पाएको जायुगुआन २०१७ मा चीनकै सभ्य नगरको सूचीमा सुचिकृत भएको छ । रेशम मार्गको मुख्य विन्दुकारुपमा रहेको सफ नगर मिङ बंशको समयमा ग्रेट वालको पश्चिमी प्रारम्भ विन्दु पनि थियो ।
पूर्व राष्ट्रपति भण्डारीका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलमा नेकपा एमालेका विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट लगायत हुनुहुन्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २०, आईतवार १४:१५स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
खेलकुद२०८३ बैशाख २०, आईतवार ०९:२८चेन्नाई सुपर किंग्सको शानदार जित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २३:४०गायक एलेक्स डी प्रशन्नको नयाँ गीत ‘ढुकढुकी’ सार्वजनिक
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने








