बाजुराको बाम्का बजारमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी

बाजुरा- बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा आगलागी भएको छ ।
आज दिउँसो ग्यासको सिलिण्डर पड्किएर आगो लागेको हो ।

बाम्का बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।
आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक चौधरीले आगो लाग्नुको कारण भने खुल्न नसकेको बताउनुभयो ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय लागिरहेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ७, बिहीबार ०८:३५‘एन्जिला’ उत्कृष्ट चलचित्र बन्दै ४ हजार डलरको अवार्ड जित्यो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
खेलकुद२०८३ श्रावण ६, बुधबार २०:२९१२१ देशका ४७२ खेल पत्रकारले गरे मेस्सीलाई उत्कृष्ट खेलाडी घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १८:०९मन्त्रीको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल









