फेस अफ नेपाल २०२५ का लागि फर्म खुला

फेस अफ नेपाल २०२५ का लागि फर्म खुला

काठमाडौँ । एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। प्रतियोगीहरुले अनलाइन मार्फत फर्म भर्न सक्नेछन् |

यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ। प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । गएका वर्षहरूमा उचाईमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् |

फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाईका कारणले नै सहभागीता जनाउन चाहनेहरु पछि पर्नु नपरोस् भनेर यस बर्षबाट उचाईको मापदण्ड हटाइएको जानकारी दिइन्। उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत रहेको जानकारी गराइन्।

यसपटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन्। पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए। उनीहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाएका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   4   =  

Protected by Spam Master