“बच्छला सन्देश” पुस्तक विमोचन

“बच्छला सन्देश” पुस्तक विमोचन

धादिङबेशी २६,जेष्ठ । धादिङको खनियावास गाउँपालिकामा अवस्थित श्री बच्छलादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको समाजद्वारा तयार पारिएको स्मारिका “बच्छला सन्देश“ को विमोचन एक समारोहबीच काठमाडौंमा गरिएको छ ।

पुस्तकको विषयवस्तु र निर्माण प्रक्रिया सम्बन्धमा लेखन समितिका सदस्य तथा सल्लाहकार बाबुराम फ्युबाले टिप्पणी गर्दै विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । उक्त स्मारिकामा खनियावास गाउँपालिकाको ऐतिहासिक पृष्ठभूमि, धार्मिक तथा पर्यटकीय स्थलहरूको विवरण, पूर्व विद्यार्थीहरूको परिचय, विभिन्न लेख, रचना, कविता, जग्गा दाताहरूको हस्तलिखित दस्तावेज (तमसुक), शुभकामना सन्देश तथा विज्ञापनहरू समावेश गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि श्री बच्छलादेवी मा.वि.का पूर्व प्रधानाध्यापक मेघनाथ रिजाल रहनु भएको थियो । विशेष अतिथिमा पूर्व राज्य मन्त्री परशुराम तामाङ, खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, वरिष्ठ इन्जिनियर थल बहादुर तामाङ रहेका थिए । साथै, कार्यक्रममा पूर्व प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपाली, पूर्व शिक्षकहरू तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले पुस्तक प्रकाशनमा लाग्ने खर्चको आधा हिस्सा गाउँपालिकाबाट व्यहोर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा श्री बच्छलादेवी मा.वि.लाई रिजाल परिवारले प्रदान गरेको १०१ रोपनी जग्गाको योगदानको पनि विशेष चर्चा गरिएको थियो ।

स्मारिकालाई सबैले सजिलै पढ्न सकून् भन्ने उद्देश्यले QR कोड समावेश गरिएको छ, जसबाट पुस्तक डाउनलोड गरी पढ्न सकिने व्यवस्था मिलाइएको छ । पुस्तक निर्माणमा विशेष भूमिका निर्वाह गर्नुभएका बाबुराम फ्युबालाई कार्यक्रममा सम्मान समेत प्रदान गरिएको थियो।

ई–पेपरमा पुस्तक पढ्न QR गर्नुहोस

“बच्छला सन्देश” पुस्तक विमोचन

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master