अत्यधिक गर्मीका कारण सुनसरीका विद्यालयहरू धमाधम बन्द

सुनसरी, हाल देशभरि चर्को गर्मीको लहर जारी रहेको बेला सुनसरी जिल्लामा तापक्रम अत्यधिक बढेपछि विद्यालयहरू एकपछि अर्को गर्दै बन्द गरिएका छन्।
तीव्र गर्मीले विशेषगरी बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि स्थानीय तहहरूले सतर्कता अपनाउँदै विद्यालयहरू अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेका हुन्।
इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाले चर्को गर्मीका कारण विद्यालय विदा दिने निर्णय सार्वजनिक गरेका छन्। इनरुवा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको विज्ञप्तिअनुसार, गर्मीका कारण विद्यार्थीहरूमा डिहाइड्रेसन, थकान, र चक्कर लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेपछि नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू असार २८, २९ र ३० गते (३ दिन) का लागि बन्द गरिने निर्णय गरिएको हो ।
त्यसैगरी, इटहरी उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित भएको जनाउँदै असार २८ गते (१ दिन) सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय लिएको छ । उपमहानगरले जारी गरेको सूचनामा भनिएको छ, “असहज मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने देखिएकाले सावधानी स्वरूप विद्यालयहरू बन्द गर्नुपरेको हो ।”
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार जिल्लाभरका अन्य पालिकाहरूमा पनि विद्यालय विदा दिनेबारे छलफल भइरहेको छ । गर्मीको अवस्था स्थिर नहुँदासम्म यस किसिमका निर्णयहरू आवश्यक हुनसक्ने जनाइएको छ ।
गर्मीको असर र स्वास्थ्य विशेषज्ञको सुझाव
हाल सुनसरी सहित तराईका अन्य जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियस नजिक पुग्न थालेको छ । अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू जोखिममा रहेका धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवत्ता तथा चिकित्सक अभिजित कुमारले सचेत गराउनु भएको छ । चिकित्सक कुमारका अनुसार गर्मीबाट जोगिन घरबाहिर ननिस्कने प्रयास गर्न,प्रशस्त पानी पिउनु,हल्का कपडा लगाउनु,बिहान र बेलुकी मात्र बाहिर जान,घाममा लामो समय बस्न नपर्ने उपाय अपनाउनु जस्ता सल्लाह दिएका छन् ।
लेखकको बारेमा
![]()
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान




