पूर्ण स्तनपान प्रवर्धनका लागि धादिङमा आयुर्वेदसम्बन्धी अभिमुखीकरण

धादिङ, ३० जेठ ।
धादिङमा आमासमूह र स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । पूर्ण स्तनपान प्रवर्धनलाई थप प्रभावकारी बनाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको आयोजनामा उक्त कार्यक्रम धादिङ अस्पतालको सभाहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख अमुल्य दाहालले आयुर्वेदको महत्त्व, विशेषगरी मातृस्वास्थ्य र शिशु स्वास्थ्यसँग सम्बन्धित पक्षहरूमा सहजीकरण गर्नुभयो। उहाँले स्तनपानलाई प्राकृतिक उपचार प्रणालीको अभिन्न हिस्सा मानी यसको प्रवर्धनमा आयुर्वेदले खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।
त्यसैगरी धादिङ अस्पतालकी नर्सिङ अधिकृत ममता अवाल र सि अनमी अम्बीका दुवाडीले स्तनपानको वैज्ञानिक पक्ष, नवजात शिशुको पोषणमा यसको भूमिका लगायतका विषयमा जानकारी दिनुभयो । उहाँले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, छ महिनासम्म मात्र स्तनपान गराउनु पर्ने र त्यसपछि सहपोषण सहित स्तनपानलाई दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तरता दिनुपर्ने सन्दर्भमा जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी र आमाहरूले यस्तो खालको अभिमुखीकरण कार्यक्रमले व्यवहारमै सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने प्रतिक्रिया दिएका थिए । कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका अध्यक्ष बद्री कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ असार २४, मंगलवार १७:४९‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक
समाचार२०८२ असार २४, मंगलवार १६:१७भङ्गालोमा तीन घण्टा : रुखमा अड्कँदा बाच्ने आश मरिसकेको थियो
समाचार२०८२ असार २४, मंगलवार ०९:१६रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार
समाचार२०८२ असार २४, मंगलवार ०७:०९त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध