वडा स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा । सुशान्त बाल क्लबको आयोजना र वडा नं. १७ को सहयोगमा आयोजित वडा स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा छोरेपाटन माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गर्यो। दोस्रो भएकाे पार्दी माध्यमिक विद्यालयले नगद रु. २ हजार र प्रमाणपत्र प्राप्त गर्यो। त्यसैगरी, तेस्रो स्थान प्राप्त पार्दै विद्या निकेतन माध्यमिक विद्यालयले नगद रु. १ हजार ५ सय र प्रमाणपत्र हात पार्यो भने सहभागी सबै विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि वडा प्रमुख राधिका कुमारी शाहीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता रचनात्मक कार्यक्रमहरूको आयोजना आवश्यक रहेको बताउँदै आयोजक टिमलाई धन्यवाद दिइन्। उनले आगामी दिनमा पनि वडाबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
विशिष्ट अतिथि तारा परियारले बालबालिकाको प्रतिभा प्रस्फुरणका लागि यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने बताइन्। प्रतियोगिताको क्विज मास्टरको भूमिकामा सन्तोष पौडेलले उत्कृष्ट प्रस्तुति दिएका थिए।
कार्यक्रममा बोल्दै सुशान्त बाल क्लबका अध्यक्ष परिवेश थापाले हाजिरी जवाफ प्रतियोगिताले बालबालिकाको बौद्धिक क्षमता र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता र नेतृत्व विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी विद्यार्थीहरूको उत्साह र सक्रियताले सबैलाई प्रभावित पारेको थियो।
यो प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै वडा नं. १७ मा बालबालिकाको बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18620, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २७, शनिबार १२:४८कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट पत्रकार मीना थापामगर सम्मानित
समाचार२०८३ असार २७, शनिबार ०६:३९पत्रकार हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
समाचार२०८३ असार २२, सोमबार ०८:१२फोटो पत्रकार अक्षयकोषमा वरिष्ठ फोटो पत्रकार सुदुर्शन रञ्जितद्वार ६३ हजार प्रदान
समाचार२०८३ असार २१, आईतवार २०:४६टान गण्डकीद्वारा पर्यटनमन्त्री पौडेलको ध्यानाकर्षण, नयाँ पदमार्ग र टिम्स अनिवार्य कार्यान्वयनको माग







