दश वर्ष बित्दा पनि बनेन लाङटाङ खोलामा झोलुङ्गे पुल

रसुवा – रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा २०७२ सालको भूकम्पले विनाश गरेको झोलुङ्गे पुल अहिले सम्म पनि नबन्दा स्थानीयहरू जोखिम मोलेर लाङटाङ खोला आबत जाबत गर्न बाध्य छन् ।
भूकम्प गएको दश वर्ष बिती सक्दा पनि पर्यटकीय पदमार्ग रहेको यस क्षेत्रमा एउटा पनि झोलुङ्गे पुल बन्न नसक्दा लाङटाङ तथा क्यान्जिङ उपत्यका घुम्न आउने पर्यटक तथा स्थानीय बासी लगायत खाद्यान्न ढुवानीका लागि प्रयोग गरिएका खच्चडहरू काठे पुल बाट नै आबत जाबत गर्न बाध्य छन् ।
बर्सातका तीन महिना भने जोखिम छ । लाङटाङ खोला बढेन बित्तिकै बनाएको काठे पुल लैजाने हुँदा पुन पुल निमार्ण गर्न एक साता लाग्ने गरेको गोसाईंकुण्ड गाउँपालिका चारका वडा अध्यक्ष डिण्डुप तामाङले बताउनुभयो ।
हिउँदको समयमा काठे पुल राखे पनि ठुलो पानी पर्ने बित्तिकै पुल बगाउने गरेको उहाँ बताउनुहुन्छ । हिउँद याममा यहाँका स्थानीयले काठे पुल निर्माण गरी आबत जाबत गर्दै आउने गरेका छन् भने वर्षा याममा काठको पुल बगाए पछि नत तुइन नै छ नत झोलुङ्गे पुल ।
२०७२ सालको भुकम्पमा माथि बाट हिम पहिरो आई लाङटाङ खोला लगायत यस क्षेत्रका छ वटा झोलुङ्गे पुल विनाश गरेको थियो भने हाल सम्म एउटा पनि यस क्षेत्रमा एउटा पनि झोलुङ्गे पुल निमार्ण हुन नसकेको गुनासो स्थानीयको रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








