देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना गण्डकी र लुम्बिनीसहित

देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका प्रभाव दिउँसो देशभर साधारणतया बदली हुनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । भने, यी प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको बताइएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा









