पौवादुङमा गाउँपालिकाले गर्‍यो उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

पौवादुङमा गाउँपालिकाले गर्‍यो उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत

भोजपुर- विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने १२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, मानेडाँडा माध्यमिक विद्यालय, सानोदुम्मा माध्यमिक विद्यालय, सूर्योदय माध्यमिक विद्यालय, सिंहबालसुधार आधारभुत विद्यालय र बालकल्याण आधारभुत विद्यालय, अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिएको गाउपालिकाले जनाएको छ ।

पुरस्कृत विद्यार्थीलाई गाउँपालिकाका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई र प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले नगदसहित प्रमाणपत्र वितरण गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गरेको बताउनुभयो ।

गाउँपालिकाले यहाँका विद्यालयलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिहेको छ’ अध्यक्ष राईले भन्नुभयो ‘यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । अहिले छात्रवृत्तिले विद्यार्थीको पठनपाठनमा थप टेवा पुग्नेछ ।’

गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत छनौट भएर पुरस्कृत भएकोमा विद्यार्थीहरू समेत हर्षित देखिएका छन् । त्यस्तै गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद प्रमाण पत्रले सम्मान गरेको छ ।

उत्कृष्ट बन्ने सानोदुम्मा माध्यमिक विद्यालयलाई नगद तीन लाख रुपैयाँ र मानेडाँडा माध्यमिक विद्यालयलाई नगद दुई लाख रुपैयाँले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताउनुभयो । खस्किदो शैक्षिक गुणस्तर सुधारको लागि गाउँपालिकाले योजनावद्ध रुपमा काम भईरहेको उहाँको भनाइ छ ।

गाउँपालिकाले विद्यालयको शैक्षिक सुधारका लागि गरेको काम प्रभावकारी रहेको सहभागिहरुले धारणा राखेका छन् । यसै कार्यक्रमकाबीच गाउँपालिकाको स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई समेत सम्मान गरिएको छ ।

कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्यहरु मचिन्द्र कुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई,नारायण बहादुर खड्का र रमेश कटुवाललाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =  

Protected by Spam Master