परेश रावल ‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै, विवादको टुंगो लाग्यो

परेश रावल ‘हेरा फेरी ३’ मा पुनरागमन गर्दै, विवादको टुंगो लाग्यो

एजेन्सी। केही समयअघि ‘क्रिएटिभ भिन्नता’का कारण चर्चित कलाकार परेश रावलले ‘हेरा फेरी ३’ छाडेका थिए, जसले धेरै दर्शकलाई निराश तुल्याएको थियो। तर अब उनले फिल्ममा पुनः अभिनय गर्ने पुष्टि गरेका छन्। उनले भनेका छन्, “म चाहन्छु सबै मिलेर मेहनत गरौं र दर्शकलाई राम्रो काम दिन सकौं।”

हिमांशु मेहताको पोडकास्टमा ‘हेरा फेरी ३’ सम्बन्धी विवादबारे सोधिएको प्रश्नको उत्तर दिँदै परेशले भने, “होइन, खासै ठूलो विवाद केही होइन। मलाई लाग्छ कुनै कुराले जब जनतालाई यति धेरै मन पर्छ भने हामी अझ सजग हुनुपर्छ। हामीमाथि दर्शकहरूको अपेक्षा हुन्छ। दर्शकले हामीलाई यति धेरै माया दिएका छन्, त्यसैले हामीले कुनै पनि कुरालाई हल्का रुपमा लिनु हुँदैन। मेहनत गरेर नै उनीहरूलाई दिनुपर्छ। त्यसैले मेरो धारणा थियो कि सबै मिलेर काम गरौं।”

जब उनलाई सोधियो कि अब उनी फिल्ममा देखिने हुन् कि होइनन्, उनले भने, “पहिले पनि अभिनय गर्नै लागेको थिएँ। तर हामीले आफूलाई अझ सुधार गर्नुपर्थ्यो। अन्त्यमा सबैजना निकै क्रिएटिभ छन् प्रियदर्शन, अक्षय, सुनील ती सबै मेरा वर्षौं पुराना साथीहरू हुन्।”

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =  

Protected by Spam Master