ज्वालामुखी गाउँपालिका किसानहरूलाई अनुदानमा हाते ट्याक्टर

धादिङ – ज्वालामुखी गाउँपालिकाले विभिन्न वडा भित्रका ५८ जना किसानलाई अनुदानमा चालु आर्थिक वर्षमा हाते ट्र्याक्टर वितरण गरिएको छ भने प्लास्टिक टनेलसँगै विभिन्न फलफूलका बिरुवा समेत वितरण गरेको छ ।
कृषिलाई प्रविधिमैत्री बनाउँदै कम लगानीमा उत्पादन वृद्धि गराउनका लागि कृषिमा आश्रित विपन्न वर्गका युवा कृषक र महिलालाई लक्षित गरेर ट्र्याक्टर वितरण गरिएको हो । प्रत्येक किसानलाई स्थानीय तहले पचास प्रतिशत अनुदान सहयोगमा करिब १७ हजार अनुदान पर्ने गरी हाते ट्र्याक्टर वितरण गरिएको हो ।
तीन वर्षको अवधिमा स्थानीय तह भित्र दुई सय जना किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको तथ्याङ्क स्थानीय तहले सार्वजनिक गरेको छ । माग अझै भएकोले ब्यवसायीक कृषिमा लागेका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरणको व्यवस्था मिलाइने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनु भएको छ ।
स्थानीय तहले चालु आर्थिक वर्ष २०८१र८२ मा कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । परम्परागत खेती प्रणालीमा खेतबारी जोत्न लागि गोरुको प्रयोग गर्दै आएको भए पनि गाउँमा पछिल्लो समय गोरु पाल्ने किसानको सङ्ख्या घट्दै जन थालेकोले गोरुको अभावमा खेतबारी बाँझो नबनोस् भन्ने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई कृषि औजारमा अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको स्थानीय पालिकाको भनाइ छ ।
अनुदान उपलब्ध गराउँदा यसअघि अनुदान नपाएका किसानलाई मात्र छनोट गर्ने गरिएको गाउँपालिकाले जनाइएको छ । कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र उत्पादन वृद्धिका लागि कृषि प्रणालीलाई यान्त्रिक एवं आधुनिकीकरण गर्नु आवश्यक रहेकाले पनि कृषि औजार अनुदान कार्यक्रमलाई पालिकाले प्राथमिकता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश थापाले जानकारी दिनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन २०, बुधबार ०९:१३तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
समाचार२०८२ फाल्गुन २०, बुधबार ०७:३६निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
समाचार२०८२ फाल्गुन १९, मंगलवार २०:१९मौन अवधिमा सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक समाचारप्रति काँग्रेसको आपत्ति
समाचार२०८२ फाल्गुन १९, मंगलवार १९:५९धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा







