काठमाडौं मेडिकल कलेजमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, बिरामी घर फर्किए

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा पहिलो पटक सफल कलेजो (लिभर) प्रत्यारोपण सम्पन्न गरिएको छ। यो नेपाली चिकित्सा क्षेत्रको लागि एक ऐतिहासिक सफलता हो, जसले देशमै कलेजो प्रत्यारोपण सम्भव छ भन्ने विश्वासलाई बलियो बनाएको छ।
यो सफल प्रत्यारोपण डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५ निवासी ४० वर्षीय प्रदीप नगरकोटीमा गरिएको हो। उनलाई उनकी ३३ वर्षीया श्रीमती यशोदा कुमारी देउवाले कलेजो दान गरेकी हुन्। कलेजो प्रत्यारोपणको नेतृत्व डा.रोशन घिमिरेको चिकित्सक टोलीले गरेको थियो।
जटिल र जोखिमपूर्ण मानिने कलेजो प्रत्यारोपण प्रक्रिया नेपालमै सफलतापूर्वक सम्पन्न हुनु देशको स्वास्थ्य प्रणालीको गुणस्तर र प्रविधिमा भएको प्रगतिको प्रमाण हो।
काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेस का लोकप्रिय युवा नेता सांसद डा.सुनिल शर्माको हो डा.शर्मा ले यस सफलतामा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकको योगदानप्रति गर्वका साथ धन्यवाद व्यक्त गरेका छन्।
यो उपलब्धिले भविष्यमा नेपालमै अन्य अंग प्रत्यारोपणहरूको विस्तार हुने र बिरामीहरूलाई उपचारका लागि विदेश जानु नपर्ने आशा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ६, बुधबार २२:०८निर्देशक सन्तोषले चलचित्र जाँचपासबाट प्राप्त भत्ता कलाकार थापाको उपचारमा सहयोग
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ६, बुधबार १२:३९चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि ‘‘सर्टलिस्ट’मा परे १२ जना, को को ?
खेलकुद२०८३ श्रावण ५, मंगलवार २३:४३ला लिगा प्रमुखको आरोपः ‘फिफाले फुटबल उद्योगलाई ध्वस्त पार्दैछ’
खेलकुद२०८३ श्रावण ५, मंगलवार २१:५०नेपाल नामिबियासँग पराजित « रिपोर्टर्स नेपाल









