एनएसपीएल टी-१० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ, २३ असार । ‘डिजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि’को आयोजनामा टी–१० क्रिकेट प्रतियोगिता ‘नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल)’ हुने भएको छ ।
आगामी असोज १५ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष ज्ञानु सिंहले सिङ्गल राउन्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल २४ खेल हुनेछन् । प्रतियोगिताका खेल भने काठमाडौँको मूलपानीस्थित तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।
उक्त प्रतियोगिताको ‘ब्रान्ड एम्बासडर’को रूपमा अभिनेता निखिल उप्रेती छन् । ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त एनएसपीएलको विजेता टोलीले २१ लाख तथा उपविजेताले ११ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्देश्य देशभरका उदीयमान क्रिकेट खेलाडीहरूलाई राष्ट्रियस्तरमा प्रतिभा देखाउन ‘प्लेटफर्म’ दिने रहेको आयोजकले जनाएको छ ।







लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:४२सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १२, मंगलवार २१:३१‘गंगा रानी’ मा वर्षा अनुबन्धित, नयाँ कलाकारको खोजी
समाचार२०८३ जेष्ठ १२, मंगलवार १८:५७संस्थागत क्षमता (LISA) र वित्तीय सुशासन मूल्याङ्कन (FRA) मा नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट
खेलकुद२०८३ जेष्ठ १२, मंगलवार १३:३८प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न









