सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक

सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक

काठमाडौँ । हरितालिका तीज नजिकिँदै गर्दा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम तिव्र बन्दै गएको छ। यही सिलसिलामा गायिका सुबिना श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक भएको छ।

गीतमा सुबिना श्रेष्ठसँगै गायक राजु आरडीको स्वर रहेको छ भने शब्द र संगीत पनि उनकै छन्। भिडियोको निर्देशन ईश्वर बल्लभ उप्रेतीले गरेका छन्।

संगीत भिडियोमा कलाकारहरु हरिकुमार भण्डारी, रेजिना उप्रेती र प्रकाश बानले अभिनय गरेका छन्। तीज पर्वको सांस्कृतिक झल्को, परम्परागत पहिरन र आधुनिक परिवेशको समिश्रणले भिडियोलाई आकर्षक बनाएको छ।

भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन र कलरिङको जिम्मेवारी सम्हालेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   7   =  

Protected by Spam Master