एआईका उपलब्धिबाट लाभ लिनुपर्नेमा सञ्चार मन्त्रीको जोड

एआईका उपलब्धिबाट लाभ लिनुपर्नेमा सञ्चार मन्त्रीको जोड

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिको पहुँचमा समानताको वकालत गर्नुभएको छ। चीनको सांघाई विश्व कृत्रिम बौद्धिकता सम्मेलन २०२५ र विश्वव्यापी एआई शासनसम्बन्धी उक्त उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री गुरुङले एआईका उपलब्धिबाट सबैले लाभ लिनुपर्नेमा जोड दिनुभयो। उहाँले ओपन मोडल र डेटा सेट प्रदान गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह समेत गर्नुभएको छ।

मन्त्री गुरुङले पारदर्शिता, समावेशिता, जवाफदेहिता र एआईलाई प्रवर्द्धन गर्ने संयुक्त राष्ट्रसङ्घको नेतृत्वको चार्टरलाई समर्थन गर्ने बताउनुभएको छ। आफ्नो सम्बोधनमा मन्त्री गुरुङले एआईमा नेपालको दृष्टिकोण, समावेशी तथा मानव-केन्द्रित विकासका लागि एआई रहेको बताउनुभयो ।

मन्त्री गुरुङले नेपालको एआई लक्ष्यका बारेमा स्पष्ट पार्दै नेपालले रणनीति र अन्तर्राष्ट्रिय सहकार्यका लागि राष्ट्रिय एआई केन्द्र स्थापना गर्ने, अग्रणी विश्वविद्यालयहरूमा एआई उत्कृष्टता केन्द्रहरू र सबै प्रदेशहरूमा नव प्रवर्तन हबहरू सुरु गर्ने योजना अनुरुप काम गरिरहेको बताउनुभयो ।

उहाँले सार्वजनिक सेवा, विपद् प्रतिकार्य, कृषि, शिक्षा र स्वास्थ्यमा एआईलाई प्रवर्द्धन गर्ने र विद्यालयदेखि विश्वविद्यालय तहसम्म एआई र डिजिटल साक्षरतालाई अनिवार्य बनाएर नेपाली युवालाई एआई युगका लागि तयार गर्ने लक्ष्य रहेको पनि बताउनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   8   =  

Protected by Spam Master