पोखरामा म्याग्दी पोखरा चौतारीद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । म्याग्दीबाट पोखरा आइ अस्थायी तथा स्थायी रूपमा बसोबास गर्दै आएका म्याग्देलीहरूको साझा संस्था म्याग्दी पोखरा चौतारीले आफ्नो १९औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम पोखरा ८, सृजनाचोकमा शनिबार सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष डा. मेख बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य माननीय रेशम जुग्जाली (सुविन) प्रमुख अतिथि रहनु भएको थियो।

गण्डकी प्रदेश सभा सदस्य माननीय हरि भण्डारी विशेष अतिथि तथा बागलुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनु भयो।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. खत्री, माननीय भण्डारीसहित ३४ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। उक्त कार्यक्रमको संयोजक गोकर्ण बरुवाल तथा सञ्चालक भक्त शेरचन रहनुभएको थियो।
म्याग्दी पोखरा चौतारीले विगतमा पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर, जनचेतनामूलक तालिम तथा सामाजिक कार्यहरू गर्दै आएको संस्थाका अध्यक्ष डा. खत्रीले जानकारी दिनुभयो।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









