मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक: प्रहरी महानिरीक्षक

चितवन – प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन विरुद्धको जालो तोड्न प्रहरी नागरिक सहकार्य आवश्यक रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा महानिरीक्षक थापाले त्यस्तो बताउनु भएको हो ।
यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले आयोजना गरेको मानव बेचबिखनको बदलिँदो अवस्था तथा रोकथामको लागि सरोकार वालाको भूमिका विषयक उक्त अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक थापाले प्रहरी अधिकारीहरूलाई निर्देशन दिँदै साझेदारी एप्रोचमा समुदायसँग हातेमालो गर्न निर्देशन दिनु भयो । उहाँले मानव बेचबिखनको रूप परिवर्तन गर्दै आएको यो अवस्थामा यसको रोकथाम, अनुसन्धान, उद्धार, अनुगमन, अभिलेखीकरण र समन्वय गर्दै आएको प्रहरीले समुदाय सँग मिलेर सचेतना जगाउन, कानुनी संयन्त्र सबल बनाउन र आपराधिक सञ्जाल ध्वस्त पार्न समुदायसँग सहकार्य आवश्यक रहेको बताउनु भयो ।
’ पछिल्लो समय मानव बेचबिखन सम्बन्धी अपराध बढेको भन्दा पनि सङ्घसंस्था जागरूक भएको कारण प्रहरीमा उजुरी हाल्ने सङ्ख्या बढेको उहाँको भनाई थियो ।
कार्यक्रममा भरतपुर भरतपुर महानगरपालिका उपप्रमुख चित्र सेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतो, जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले देशभरको र अधिवक्ता मदन थापाले चितवनमा मानव बेचबिखन को अवस्था बारे जानकारी गराउनु भएको थियो । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनमा आबद्ध संस्थाहरूको आयोजना गरिएको कार्यक्रममा मिना खरेलको अध्यक्षता मा सम्पन्न भएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा







