पोखरा हङकङ बजारमा चाडपर्व लक्षित उपहार कुपन योजना सुरु, प्रथम पुरस्कार एक लाख रूपैयाँ

पोखरा । पोखरा चाइना पुलदेखि सुजनाचोकसम्म सडक पेटीमा व्यवसाय गर्दै आएका स्वरोजगार साना व्यवसायीलाई व्यवस्थित गर्न स्थापना गरिएको पोखरा हङकङ बजारले यस वर्ष पनि चाडपर्व लक्षित उपहार कुपन योजना सुरु गरेको छ।
हङकङ बजार व्यवस्थापन बुधबार पत्रकार सम्मेलन गरि उपहार कुपन याेजनाबारे जानकारी दिएकाे हाे । समितिका अध्यक्ष सुरेश कुमार श्रेष्ठलेले यस वर्षको कुपन योजना “तिन, दशैं, तिहार र छठको बहार, पोखरा हङकङ बजारमा पैसै पैसाको उपहार” भन्ने मूल नारासहित भदौ १ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने बुधबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिए।
उनका अनुसार यस अवधिमा बजारभित्रको कुनै पनि सामान रु. ५०० बराबर खरिद गर्दा १ कुपन र रु. १००० बराबर खरिद गर्दा २ कुपन निःशुल्क प्रदान गरिनेछ ।
कार्यक्रमको नतिजा कात्तिक २२ गते शनिबार हङकङ बजार प्राङ्गणमा प्रत्यक्ष कार्यक्रममार्फत घोषणा गरिने र अर्को दिन स्थानीय पत्रिकामा प्रकाशन गरिनेछ। उपहार प्राप्त गर्न विजेताले अर्धकट्टी र परिचय खुल्ने कागजातसहित ३० दिनभित्र समितिमा सम्पर्क गर्नुपर्नेछ।

यस योजनाअन्तर्गत प्रथम पुरस्कार रु. १,००,००० (१ जनालाई), द्वितीय पुरस्कार रु. ५०,००० (१ जनालाई), तृतीय पुरस्कार रु. २५,००० (१ जनालाई), सान्त्वना पुरस्कार रु. १०,००० (प्रत्येक ४ जनालाई) र विशेष भाग्यशाली पुरस्कार रु. ५,००० (प्रत्येक २० जनालाई) प्रदान गरिनेछ। पुरस्कारको रकम बजारमा व्यवसाय गर्ने व्यापारीहरूबाट समान तरिकाले संकलन गरिने अध्यक्षले श्रेष्ठले बताए ।
कार्यक्रममा गुडलक कम्पनीका सञ्चालक मिलनप्रसाद तिवारी, पोखरा हङकङ बजार समितिका सचिव दिनेश आचार्य र व्यवस्थापन समितिका रुद्र रानाभाटले कार्यक्रमकाे याेजना तथा बजारकाे बारेमा जानकारी गराएका थिए ।
बजार व्यवस्थापन समितिका अनुसार १३ वर्षअघि सुरु भएको यो बजार हाल १० रोपनी जमिनमा सञ्चालनमा छ र एउटै छानामुनि फलफूल, तरकारी, लत्ताकपडा, जुत्ता–चप्पलदेखि घरायसी सामानसम्म सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। बजारले केवल व्यापार मात्र नभई रक्तदान, सरसफाइ, मानव सेवा आश्रममा खाना वितरणजस्ता सामाजिक गतिविधिहरू पनि गर्दै आएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19264, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








